काठमाडौं । नेकपा एमाले को युवा संगठनअन्तर्गतको ‘साइबर सेना’ को नाम परिवर्तन भएर साइबर सर्कल भएको छ । साइबर सर्कल घोषणा कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्। पार्टीको साइबर सर्कल घोषणा गर्दै ओलीले कांग्रेसको पुच्छर समातेर धेरै फुर्ति नलगाउन ओलीले चुनौति दिएका छन् ।
अहिले कांग्रेसको पुच्छर समातेर बडा फुर्ति लगाइरहेका छन् । पिठ्यूमा झिँगो बसेर कांग्रेसले यसो पुच्छर हल्लायो भने यिनीहरु कहाँ पुग्छन् कहाँ कांग्रेसका पुच्छरले यत्रो धाक लगाउने एमालेसँग भन्दै कांग्रेसलाई प्रचण्ड संग होसियार रहन चेतावनि समेत दिएका छन् ।
एमाले युवा नेता महेश बस्नेतले प्रस्ताव गरेको साइबर सेनाको नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइएको हो । बस्नेतले सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिने भएकाले नाम परिवर्तन गरिएको बताएका थिए ।
FACEBOOK COMMENTS