जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको काम समयसीमाभित्रै नसके ठेक्का तोड्ने चेतावनी दिएका छन् ।
सिँचाइको अभावमा मधेशका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सक्नुपर्ने र नसके ठेक्का तोड्ने चेतावनी उनले दिएका हुन् ।
मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनुकपुरधाममा एकैसाथ ६४ वटा सडकको विद्युुतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले परियोजना चाँडो सक्न आग्रह गरे । सुशासन र विकासमा जोड दिँदै उनले भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ती भएकाले विकासका लागि वामे सराइ नभइ रकेटको शैलीमा काम गर्नुपर्ने उनले बताए ।
कुनै पनि परियोजनमा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भई विकास र समृद्धिमा बाधा उत्पन्न हुने उहाँको भनाइ थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुुलीमा रहेको सुनकोशी नदीको पानी बागमती नदीको सहायक नदी मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी मधेशका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराउने सरकारको तयारी छ । साथै, ३१ दशमलव ०७ मेगावाटको जलविद्युुत् उत्पादनबाट औद्योगिक विकासमा टेवा पुुर्याइनेसमेत योजना छ ।
‘४९ अर्ब ४२ करोड रुपैयाँ लागतको सो आयोजनाको हेड वक्र्समा गत वर्षको बाढी–पहिरोबाट सामान्य क्षति हुँदा केही समय काम प्रभावित भएको थियो ।
प्रधानमन्त्री ओलीले ऐतिहासिक र पवित्र भूूमीका रुपमा रहेको मधेश प्रदेशको विकासका लागि केन्द्र सरकार दृढ रहेको बताउँदै जनकपुरको रेल सेवामा घाटा अन्त्य आफ्नै दक्ष जनशक्तिको विकास गरिने बताए ।
उनले चुुरे संरक्षण, कृषिमा आधुनिकीकरण, युवालक्षित कार्यक्रम, शिक्षा–स्वास्थ्यमा विशेष ध्यान, जनकपुर रंगशालाको निर्माण, छोरी पढाऔँ अभियानजस्ता कामलाई गुणस्तर कायम गर्दै प्राथमिकता दिन आग्रह गरेका छन् ।
सुशासनका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिँदै राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्ने जो कोहीलाई कारबाही हुने प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।
FACEBOOK COMMENTS