काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले एक रुपैयाँ खर्च कटौतीको प्रस्ताव राखेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमा प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयमाथि सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै एक रुपैयाँ खर्च कटौतीको प्रस्ताव राखिएकोलाई ‘बिरालो बाँध्ने’ चलनको संज्ञा दिँदै उनले एक रुपैयाँ घटाउँदा बजेट सर्वसम्मत पारित हुन्छ भने घटाउने बताए ।
उनले भने, ‘बजेटबाट एक रुपैयाँ घटाउँदा चित्त बुझ्छ भने घटाइदिए हुन्छ । यसको एउटा सिम्बोलिक अर्थ मात्र छ, त्यतिमात्र हो, एक रुपैयाँ घटाउँदा सर्वसम्मत हुन्छ ? सर्वसम्मत हुन्छ भने एक रुपैयाँ घटाइदिए पनि हुन्छ । बजेट सकेसम्म सन्तुलित ल्याउन खोजिएको छ । म अन्तिम न्याय, परम सत्य यही हो भन्दिनँ । कमीकमजोरी नरहेका होलान् पनि भन्दिनँ । निर्विवाद कहीँ पनि हुँदैन ।’
FACEBOOK COMMENTS