काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा आफू नेतृत्वको सरकारले देशका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढाएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको र टाइमलाइन तोकेर काम गर्ने प्रचलनको सुरूआत भएको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ । यस बीचमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ । टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरूआत भएको छ । नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ । गर्नुपर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’
गत वर्ष असार ३० गते नेपाली कांग्रेससहित दलसँगको गठबन्धनमा सरकार गठन भएको थियो ।
FACEBOOK COMMENTS