काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१औं विश्व आदिवासी दिवसको अवसरमा सबैमा भाइचारा, सद्भाव र प्रगतिको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले हाम्रो विविधतालाई आपसी सम्मान र एकताको सूत्रमा अघि बढाउन आग्रह गर्दै शुभकामना दिएका छन् ।
उनले भनेका छन्, ‘३१औं विश्व आदिवासी दिवसको अवसरमा सबैमा भाइचारा, सद्भाव र प्रगतिको हार्दिक शुभकामना ! हाम्रो विविधतालाई एकतामा बदल्दा यो हाम्रो शक्ति बन्छ, यसलाई भिन्नता ठाने कमजोरी हुन्छ । हाम्रो विविधतालाई आपसी सम्मान र एकताको सूत्रमा अघि बढाऔँ । जय जय नेपाल !’
FACEBOOK COMMENTS