काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग भएको रासायनिक मलको विवरण सार्बजनिक गरेका छन् ।
प्रधानमन्त्री ओलीले खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको उल्लेख गर्दै तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको बताएका छन् । साथै उनले कतै मलको अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध समेत गरेका छन् ।
उनले भनेका छन् ‘यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ। कृषि मन्त्रालयले दिएको जानकारी अनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ ।’
यतिबेला कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । जसमा युरियास् १६,५३९ मेट्रिक टन, डिएपीस् ७,६५३ मेट्रिक टन, पोटासस् ४,९१५ मेट्रिक टन रहेको छ ।
यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ । जसमा युरियास् १०,९८४ मेट्रिक टन, डिएपीस् ९४२ मेट्रिक टन, पोटासस् १,७८५ मेट्रिक टन रहेको छ । कतै मलको अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध छ । खेतबारी हराभरा बनाऔं १
FACEBOOK COMMENTS