काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव नहुने बताएका छन् ।
एमालेको दशौं केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै चुनाव उनले हालको परिस्थितिलाई योजनाअन्तर्गत गरिएको प्रतिगमन भएको टिप्पणी गरे ।
‘हामी विभिन्न हमला र घूसपैठबाट आक्रान्त भएका छौं । हामीले प्रतिगमनको अवस्थालाई बुझ्नुपर्दछ । चुनाव हुँदैन । चुनाव गर्ने वैधानिक बाटो सरकारले समातेको छैन । पूर्वप्रधानन्यायाधीशलाई के गर्न हुन्छ के गर्न हुँदैन, थाहा छैन । पूर्वप्रधानन्यायाधीश आफैले फैसला गर्ने आफै संवैधानिकअनुसार प्रधानमन्त्री हुने ?,’ ओलीले प्रश्न गर्दै भने, ‘आफैले संसद विघटन गर्नुहुँदैन भनेर फैसला गर्ने अनि आफैले असंवैधानिक किसिमले विघटन गर्ने ? त्यसैले यो योजनाअन्तर्गत गरिएको प्रतिगमन हो ।’
जेन जीको आन्दोलन यससँग नजोडिने बताउँदै ओलीले उनीहरूका सुशासन होस्, भ्रष्टाचार नहोस् र सामाजिक सञ्जाल खोलियोस् भन्ने माग रहेको बताए ।
साथै, उनले अहिले आफूहरूको काँधमा असाधारण जिम्मेवारी रहेको र त्यसलाई निभाउनु सबैको कर्तव्य रहेको बताए ।
FACEBOOK COMMENTS