काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपो बेबीको कुरा मानवअधिकारविरोधी भएको टिप्पणी गरेका छन् ।
मंगलबार च्यासलमा विघटित संसदीय दलको बैठकमा नेपोबेबी भनेर अमानवीय, भडुवा क्रियाकलाप अघि बढाइएको बताए ।
“नेपो बेबीको हल्ला चलाइयो । बालबालिकाविरोधी अपराध हो । कुनै बालबालिकालाई आतंकित गर्न पाइँदैन,” उनले भने, “अत्यन्त गरिबका छोराछोरी आतंकित भएनन् होला ।
बाँकी खान–लगाउन पाउनेसम्मका छोराछोरी सबै ।”बच्चाबच्ची धनसम्पत्ति कति छ भन्ने हिसाब गर्छ भन्दै सोधे ।
उनले कसैले केही गर्छ कि भनेर कलेज जान नमान्ने अवस्था बनेको सुुनाए ।

FACEBOOK COMMENTS