काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगलाई लिखित बयान दिएका छन् । स्रोतका अनुसार आइतबार बयान लिने पत्र लिएर गएको आयोगको टोलीलाई ओलीले आफ्नो लिखित बयान दिएर पठाएका हुन् ।
तत्कालिन प्रधानमन्त्री समेत रहेका ओलीको बयानका लागि आयोगको टोली आइतबार ओलीको भक्तपुरस्थित निवास गुण्डु पुगेको थियो । आयोगले ओलीले लिखित बयान दिएपछि अब उनको स्थानहद बारे निर्णय लिने भएको छ ।
अध्यक्ष ओलीले सिंहदरबार गएर जाँचबुझ आयोगलाई बयान नदिने अडान लिँदै आएका थिए । उनले आफ्नो अडान नछोडेपछि फागुन २१ को निर्वाचनलाई असर पुग्ने देखेपछि सरकार लचिलो भएको बुझिएको छ ।
यसैबीच ओलीले आइतबार भदौ २३ र २४ गतेको घटनाको विषयमा मानवअधिकार आयोगमा बयान दिएका छन् । आयोगले गरिरहेको अध्ययनका लागि विभिन्न व्यक्तिहरुओ बयान लिने क्रममा आइतबार ओलीको बयान लिएको हो । आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ र उनको स्थानहद समेत फुकुवा गरिसकेको छ ।
FACEBOOK COMMENTS