काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बर मतले जित्ने दाबी गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि मनोननयन दर्ता गर्ने क्रममा मंगलबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यसअघिको चुनावमा भन्दा बढी मतले जित्ने विश्वास व्यक्त गरेका हुन् ।
‘नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने दल नै छैन,’ उनले भने, ‘अघिल्लोपटक दोब्बर मतले जितेको थिएँ । योपटक झनै दोब्बर बढी मतले जित्नेछु ।’
ओलीले रास्वपा कार्यकर्ताले आफ्नो चरित्र देखाएको आरोप लगाएका छन् । आफ्ना कार्यकर्तासँग भिडेर खराब आचरण प्रस्तुत गरेको उनको जिकिर छ ।
ओलीले सरकारले निष्पक्ष चुनाव गराउनेमा आशंका रहेको बताए । एमाले कार्यकर्तासँग झडप भएलगत्तै उनले ‘सरकार संरक्षितबाट आक्रमण भएको हुनसक्ने’ बताए ।

FACEBOOK COMMENTS