दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिनैभरी दमकका मुख्य चौकहरुमा आयोजना गरिएका बिभिन्न कार्यक्रममा ब्यस्त रहने भएका छन् ।
दमक नगरपालिका अन्तर्गतका मुख्य चौकमा आयोजना गरिएका कार्यक्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार आज बिहान ११ बजे दमक ५ को यलम्बर चौकमा आयोजना गरिएको भेटघाट कार्यक्रममा सहभागि रहनुहुने छ । त्यस लगत्तै ११ बजेर ५० मिनेटमा दमक ६ को शंङ्कधर चौकमा स्थानीयसँग भेटघाट कार्यक्रम तय गरिएको छ ।
यसरी नै दिउसो १ बजे दमक ७ मा रहेको तविन चौकमा सहभागि हुनुहुने कार्यक्रम रहेको जनाइएको छ । त्यस लगत्तै दिउसो २ बजे दमककको वाड्न १ स्थित हावल्दार चौकमा आयोजनागरिएको भेटघाटमा पुग्नु हुने छ । अपरान्ह्र ३ बजे दमक २ स्थित दमक फन पार्कमा आयोजित भेटघाट कार्यक्रममा सहभागिग हुने कार्यक्रम रहेको छ ।
आजै बेलुका ४ बजे दमक ३ स्थित आमचौकमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

झापाको निर्वाचन क्षेत्र नम्बर ५ अन्र्तगतका अन्य पालिकामा स्थानीयसँगको भेटघाट कार्यक्रम सम्पन्न गरिसक्नु भएका अध्यक्ष ओलीले दमक नगरपालिकाका स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भेटघाटको क्रममा जनताका समस्या, गुनासा सुन्ने र सम्बोधन गर्न सकिने बिषयमा पहल गर्ने योजना रहेको छ । जनतासँग गरिएको भेटघाटबाट अध्यक्ष ओलीसँग धेरै आशा भरोसा र अपेक्षा रहेको बताएका छन् ।

स्थानीयले आफ्नै चौक चौकमा आएका ओलीसँग भेटघाट संवादबाट उत्साहित भएको प्रतिकृया दिने गरेका छन् । अध्यक्ष ओली हिजो झापा आएपछि नै बिभिन्न कार्यक्रम तथा भेटघाटमा ब्यस्त छन् ।

FACEBOOK COMMENTS