काठमाडौंं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस भन्ने कामना गरेका छन् ।
मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको उल्लेख गरे ।
मध्यपूर्वमा भएका लाखौं नेपालीहरु आपत र कोलाहलमा भएकोले उनीहरुका परिवार पलपल छट्पटाएर बस्नु परेको अध्यक्ष ओलीको भनाइ छ । ‘
मध्यपूर्वी देशहरु माथीको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृष्यले आज निद्रा परेको छैन । ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ ।’
अवसर छनौटकाल लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरी आउनु जानु स्वभाविक भएको अध्यक्ष ओलीको भनाइ छ । ‘अस्वभाविक र खतरनाक त कुरा युद्ध र भूराजनीतिक चपेटा हो’ अध्यक्ष ओलीले लेखेका छन् ‘ति देशहरु पनि पक्कै युद्ध चाहदैन थिए । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।’

अध्यक्ष ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको उल्लेख गरे । अध्यक्ष ओलीको प्रार्थना छ ‘कुनै पनि आवरणमा त्यो आउन नसकोस् । आज तपाईंहरुलाई छटपटी भइरहँदा म निदाउन सकिन । बेचैन छु ।’ अध्यक्ष ओलीले सबैलाई सजगता र धैर्यता लिन आह्वान गरेका छन् । ‘यसबेला हाम्रो सजगता चाहिन्छ,धैर्य चाहिन्छ ।विवेक,धैर्य र साहस –कामना गर्छ’ अध्यक्ष ओलीले लेखेका छन् ।

FACEBOOK COMMENTS