काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले देशभित्रको महंगी नियन्त्रणमा सरकार लाग्नुपर्ने बताएका छन् ।
आज आयोजित प्रतिनिधिसभाको पहिलो बैठकमा उनले धेरै वर्षपछि नेपालको अर्थतन्त्र धेरै नै घटेको बताउँदै सरकार यसतर्फ गम्भिरताका साथ लाग्नुपर्ने बताएका हुन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेर देशलाई नयाँ दिशातर्फ लैजाने विश्वास उनले गरे । जनताले परिवर्तनको अपेक्षा गरेकै कारण नयाँ पार्टीहरु गठन भएको उनको भनाइ छ ।
व्यक्तिको मानसम्मान नभइ देशको उन्नति प्रगतिका लागि सरकार आवश्यक रहेको उनको जिकिर छ । सरकार बन्नका लागि आफूहरु संसदमा आएको नभई देश विकासको लागि आफूहरु आएको उनले बताए । आफूहरुको अगाडी थुप्रै चुनौतीहरु रहेको भन्दै उनले लोकतान्त्रिक मूल्य मान्यताअनुरुप नेपाली राजनीति अगाडि बढ्नुपर्ने उनको भनाइ छ । एकतावद्ध भएर सबै राजनीतिक दलहरु देश विकासका लागि काम गर्नुपर्ने उनले बताए ।
उनका अनुसार सरकार बन्न नपाई भत्काउनतर्फ गएमा देश विकास हुन सक्दैन ।
FACEBOOK COMMENTS