काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो खेतबारीको उत्पादनले खान र लगाउन नपुगेपछि मानिसहरू विदेसिने गरेको बताएका छन् ।
दक्षिण एसियाली किसान फेडेरेशनको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले खेतबारीको कमाइले खानै नपुगेपछि बेटर लाइफको खोजीमा मानिसहरू नयाँ ठाउँमा जाने गरेको बताएका हुन् ।
‘हाम्रो देशबाट विदेश पलायन एउटा लहरजस्तो चलेको छ । किनभने रोजगारी पाएन मात्रै होइन, रोजगारी पाएका मान्छेको पनि जीविका रोजगारीले चलेन, त्यसकारण उनीहरू बाहिरिन्छन् । खाली विदेश जाने मात्रै होइन, आफ्नो थातथलो छोड्ने र अर्को नयाँ ठाउँमा जाने बेटर लाइफको र सहज जिन्दगीको खोजीमा बाहिर जाने क्रम चलिराखेको छ,’ प्रधानमन्त्री ओलीले भने ।
यस्तै, मानिसहरू जहिल्यै नयाँ खोजिरहने चर्चा गर्दै उनले दुुर्गमबाट सहजमा, सहजबाट सहरमा, सहरबाट ठूला सहरमा र ठूला सहरबाट विदेशतिर पलायन हुने प्रवृत्ति बढिरहेको चर्चा गरे । ‘दुुर्गमबाट सहजमा, सहजबाट शहरमा, शहरबाट ठूला शहरमा र ठूला शहरबाट विदेशतिर पलायन हुने प्रवृत्ति बढिराखेको छ,’ उनले भने, ‘खेतबारी छ, त्यो भन्नुु मात्रै छ । त्यहाँको आम्दानीले अरु कुरा त छोड्दिऔं, खान लगाउन पुुग्दैन भने मान्छे कसरी थातथलो भनेर भावनामा कसरी बाँच्न सक्छ, कसरी रहन सक्छ ? त्यसकारण त्योभन्दा बाहिर मान्छे कुद्छ ।’
उनले मानव जाति आधुनिकतामा प्रवेश गरेको कृषि र पशुुपालनबाट भएको भन्दै यतिका वर्षदेखि कृषि कर्म गर्दा पनि कृषिमा पछाडि पर्नु सन्तोषजनक नरहेको बताएका छन् । ‘मानव जाति आधुनिकतामा प्रवेश गरेको कृषि र पशुुपालनबाटै हो । आधुनिकता त्यसैबाट प्रवेश गरेको हो । नत्र भने मान्छे जंगली युुगमा थियो । जंगली युुगबाट पशुुपालन युुगमा आयो । पशुुपालनबाट कृषिमा आयो । पशुुपालन युुगमा १५ हजार वर्ष अगाडि आयो भने कृषिमा १२ हजार वर्ष अगाडि आयो होला । १२ हजार वर्षदेखि हामी यसै क्षेत्रमा काम गरिराखेका छौं, बेसिकल्ली कृषिको क्षेत्रमा काम गरिराखेका छौं,’ उनले भने, ‘जीविकाका लागि त कृषि चाहिन्छ । यसमा हरेकले काम गरिराखेका छन् । यतिका वर्षदेखि हामी कृषि गरिराखेका छौं तर कृषिमा पछाडि छौँ ।’
प्रधानमन्त्री ओलीले आफू सचेत हुँदै अरुलाई पनि सचेत गराउँदै अघि बढ्न किसान नेताहरूलाई सुझाव दिएका छन् । ‘तपाईंहरू पहिले आपूm सचेत र सजग हुनुहोस् र अरुलाई पनि सजग बनाउनुस्,’ उनले भने, ‘काठमाडौं घोषणापत्र आफ्ना आफ्ना देशका सरकारहरूलाई हस्तान्तरण गर्दा हुन्छ कि यस्तो खालका कुरा हामीले पास गरेका छौं, यी नीतिहरू लिएका छौं, यो भिजन हामीले प्रस्तुत गरेका छौं र आजका मुख्य समस्याहरूमा क्लाइमेट इस्युुमा हाम्रो योगदान यो हुुनसक्छ र हामी त्यो गर्छौँ ।’
फेडेरेशनले पास गरेका जायज कुराहरू नेपालमा पनि कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका छन् ।
प्रधानमन्त्री ओलीको पूरा मन्तव्य पढ्नुहोस्–
कृषि मानव जीवनका लागि सर्वाधिक अत्यावश्यक र अपरिहार्य क्षेत्र हो
FACEBOOK COMMENTS