काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दु:ख दिने काम गरिरहेको बताएका छन् ।
गृहजिल्ला झापाबाट शुक्रबार काठमाडौं फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गरेको उनले बताए ।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार गरिएको गुनासो गरे ।
विमानस्थलमा गरिएको उक्त व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो भान भएको उनले बताए ।
देशलाई फेरि पनि सही बाटोमा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नरहेको बताए ।

FACEBOOK COMMENTS