काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
दुई नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका महासचिव वर्षमान पुन पनि सहभागी थिए ।
FACEBOOK COMMENTS