काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो केपी ओली कप फुटबल च्याम्पियनशीपको समापन कार्यक्रममा सहभागी भएका छन् ।
त्रिपुुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको समापन कार्यक्रममा इटलीका अन्तर्राष्ट्रिय गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित छन् ।
रंगशालाको खचाखच दर्शकबीच भइरहेको कार्यक्रममा त्रिभुवन आर्मी क्लव र मछिन्द्र फुटबल क्लवबीच फाइनल खेल हुँदैछ । खेल हुनुुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुुति पस्किएका थिए ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा उक्त च्याम्पियनशीप यही फागुन ११ गतेदेखि सुरू भएको थियो ।
FACEBOOK COMMENTS