काठमाडौं । ‘नेपाल–चीन बौद्ध संस्कृति र कला’ विषयक अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरे ।
नेपाल र चीनबीचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको हो । महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय सेमिनारको आयोजना लुम्बिनी बौद्ध विश्वविद्यालय गरेको हो भने समन्वय सारीपुत्र फाउण्डेशनले गरेको छ ।
महोत्सवमा चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् ।
महोत्सवमा ४० देशका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ । महोत्सवमा पाँच हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
FACEBOOK COMMENTS