काठमाडौं । एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धोकेबाज रहेको आरोप लगाएका छन्।
उनले राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव गरेको कुरा नरहेको भन्दै त्यसलाई खण्डन गर्दै उक्त आरोप लगाएका हुन्।
उपराष्ट्रपति चयनका लागि मतदान गर्न बनेश्वरस्थित मतदान केन्द्र पुगेका चौधरीले ओली धोकेबाज भएको आरोप लगाएका हुन्।
‘केपी ओली १ दिनमा ५ जनालाई प्रधानमन्त्री बनाउँछन्। उनी आश्वसन मात्र दिन्छन्। त्यसकारण उनको बोलीमा जाल, झेल, षड्यन्त्र, बदमासी लुकेको हुन्छ भन्ने सबैलाई थाहा छ। त्यसकारण माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव न यिनले गरे न यिनको कमिटिले निर्णय गर्यो,’ उनले भने, ‘त्यसैले उनी धोकेबाज न हुन्। पटकपटक धोका दिइरहले हुनाले उनको बोलीलाई कसैले पत्याउँदैन।’
FACEBOOK COMMENTS