काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने बताएका छन् ।
यसका लागि हरेक सांसद र प्रदेशसभा सदस्यले अर्काे एक/दुई जनालाई मिलाउनुपर्ने उनले बताए ।
एमाले सांसद तथा प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले सामान्य हिसाबमा एमालेको शक्ति कमजोर रहेको बताए ।
तर शाक्यले जित्नैपर्ने भन्दै उनले भने, ‘यसका लागि सबै पार्टीसँग कुरा गरिरहेका छौं । तपाईंहरुले पनि एकदुई जना मिलाउनुस्, अरुलाई पनि मिलाउनुस् । यसमा ह्वीप उल्लंघनको प्रश्न छैन ।’
उनले सांसद र प्रदेशसभा सदस्यको मत बदर हुन नहुने बताए ।
उनले भने, ‘मत बदर हुनु भनेको कि त बेइमानी गरेको हो, कि भोट हाल्न आउँदैन ।’
आसन ग्रहण गर्न लडाइ गर्ने नेताहरुलाई छाप हाल्न नआउनु सुहाउदो नहुने उनकाे तर्क थियाे ।
FACEBOOK COMMENTS