काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राजनीतिक दलहरुबीच सहकार्य जरुरी भएको बताएका छन् ।
विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनका सन्दर्भमा नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘समाजवादको भावी दिशा’ विषयमा आज आयोजना गरेको छलफलमा अध्यक्ष ओलीले आफूहरु कुनै दर्शन र विचारधारा आधारित भन्दा पनि मुलुकको राष्ट्रिय हित र नेपाली जनताका पक्षमा काम गर्न दलीय सहकार्य आवश्यक भएको बताएका हुन् ।
उनले पारस्परिक हित, लाभ र सामाजिक न्यायसहितको परराष्ट्र नीतिप्रति आफ्नो पार्टीको दृढ समर्थन रहेको पनि स्पष्ट गरेका छन् ।
परिषद्का अध्यक्ष दिनेशचन्द्र देवकोटाले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गरी मुलुकको विकास र समृद्धिको यात्रालाई सार्थक बनाउनुपर्ने बताए ।
FACEBOOK COMMENTS