काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपीशर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् ।
नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको छ ।
त्यसमध्ये अध्यक्ष ओलीले १६६३ मत प्राप्त गरिसकेका छन् । बाँकी ५६४ मत सबै ईश्वरको पोल्टामा जाँदा पनि ओलीले पाएको मत सङ्ख्यालाई भेट्टाउन सक्ने छैनन् ।
FACEBOOK COMMENTS