काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले धेरै मानिसलाई आफू थुनामा नपर्ला कि भन्ने डर रहेको बताएका छन् ।
आइतबार सम्पादकहरूसँगको कुराकानीमा उनले आफूलाई पक्राउ गर्नुपर्छ भन्नेलाई जेनजी आन्दोलनको छानबिनको जिम्मा दिइएको भन्दै त्यस्तो टिप्पणी गरे ।
“तिनलाई अहिले केपी ओली थुनामा नपर्ला कि भन्ने डर छ । समाउन नसकिएला कि भन्ने डर छ । धेरैलाई डर छ त्यो,” उनले भने । उनले जनतालाई ओली फर्केर आउने डर भए फेरि भोट नहाल्ने बताए ।
“भोट नहालेपछि त आउँदैन होला । म त जेनजीको आन्दोलन भनेर तोडफोड, आगजनी गरेर आउने मान्छे त होइन,” सम्पादकको प्रश्नको जवाफमा उनले भने ।
FACEBOOK COMMENTS