काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले तीन पूर्वप्रधानमन्त्रीहरू र उनीहरूको परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरीको उच्च स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागको पत्र प्राप्त गरेपछि ब्यूरोले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली तथा उनीहरूको परिवारको सम्पत्ति छानबिनको प्रक्रिया अगाडि बढाएको हो ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा ठुलो मात्रामा पैसा भेटिएको थियो । सो रकम भेटिएको विषयमा विभागले यसअघि नै अनुसन्धान गरिरहेको थियो ।
सम्पत्ति शुद्धीकरण विभागले पत्र पठाएकै आधारमा काँग्रेस नेता तथा पूर्वमन्त्री दिपक खड्का आइतबार बिहान पक्राउ परेका थिए । खड्काको बुढानिलकण्ठस्थित घरबाट पनि भदौ २४ गते ठुलो मात्रामा रकम जलेको भेटिएको थियो ।
FACEBOOK COMMENTS