काठमाडौं । भर्खरै सत्ताबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवगठित सरकारसँग सहकार्य गर्न सकिने सङ्केत गरेका छन् ।
हिजो आइतबार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सपथ ग्रहण गरेको केही घण्टापछि उनले यस्तो सङ्केत दिने धारणा सार्वजनिक गरेका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै फेसबुकमार्फत भनेका छन्, ‘नवनियुक्त प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसहित सम्पूर्ण मन्त्रीमण्डललाई सफल कार्यकालको शुभकामना । हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढङ्गले प्रस्तुत हुनेछौँ भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौं ।’
FACEBOOK COMMENTS