काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगले आज सरकारलाई प्रतिवेदन बुझाएको छ ।
सरकारलाई बुझाएको उक्त प्रतिवेदन सार्वजनिक गरिएको छैन । तर, प्रतिवेदन सार्वजनिक नहुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका काठमाडौंका सीडीओ छविलाल रिजाललाई फौजदारी मुद्दा चलाउन सिफारिस भएको चर्चा सुरू भएको छ ।
आयोगका अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले उल्लेखित व्यक्तिहरूलाई फौजदारी मुद्दा चलाउन सिफारिस भएको उल्लेख गरेका छन् ।
यद्यपि, प्रतिवेदनबारे आयोगका सदस्य विज्ञानराज शर्माले भने गल्ती गरेकाहरूलाई कारबाहीको सिफारिस गरिएको बताए पनि कोही व्यक्तिको नाम भने उल्लेख गरेका छैनन् । ‘जसले गल्ती गरेको छ, उसलाई कारबाही हुन्छ हामीले कारबाहीको सिफारिस गरेका छौँ,’ सदस्य शर्माले पत्रकारहरूसँग भने ।
FACEBOOK COMMENTS