काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले ’तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिने’ नबताएको स्पष्टीकरण दिएको छ ।
आज एक विज्ञप्तिमार्फत नेपाल प्रहरी प्रधान कार्यालयले आईजीपी खापुङले ’ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिने’ भनी आएका समाचारको खण्डन गरेको हो ।
“प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित
सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सुव्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको बेहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ,“ विज्ञप्तिमा भनिएको छ ।
FACEBOOK COMMENTS