काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामनारायण बिडारीले केपी ओलीलाई रिस उठेपछि माधव नेपालाई मुद्दा लगाइएको कुरा सत्य हुन नसक्ने बताएका छन् ।
माधव नेपालमाथि मुद्दा लगाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको नियन्त्रणबाहिर रहने स्वतन्त्र निकाय भएका कारण सरकारमा रहेका ओलीले मुद्दा लगाए भन्नु गलत भएकोसमेत उनले बताएका छन् ।
‘अख्तियार सरकारभन्दा माथि हुन्छ । सरकारले नियन्त्रण गर्ने निकाय होइन । अख्तियारलाई कारबाही संसदले मात्रै गर्नसक्छ । दुई तिहाईको महाभियोगले मात्रै कारबाही गर्न सक्छ,’ कानुन व्यवसायीसमेत रहेका माओवादी केन्द्रका प्रभावशाली नेता बिडारीले भने, ‘गिरिबन्धुमा काम भइसकेको छैन अरे । जग्गा बेचिसकेको छैन् । बेच्ने प्रपञ्च गरिरहेको छ भन्ने सुनेको छु । माधवजीको सवालमा पनि मिसिल हेर्न पाएको छैन् । तर, ओलीजीलाई रिस उठेर मुद्दा लगाइएको भनेर म भन्न सक्दिनँ ।’
नेता बिडारीले अख्तियारले यही विषयमा हिजो नीतिगत भनेको र अहिले मुद्दा चलाएको हो भने महाभियोग लगाउन सकिने तर्क पनि गरेका छन् । उनले नीतिगत निर्णय गरेको हो वा होइन भन्ने कुराको व्याख्या चाहिएको सुनाए । उनले भने, ‘सर्वोच्च अदालतमा नीतिगत हो कि होइन भनेर रिट हाल्न सकिन्छ ।’
ओलीले बदलाको राजनीति छोड्नुपर्छ : माधव नेपाल
माओवादीकै प्रभावशाली नेता भन्छन्– गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण छैन
FACEBOOK COMMENTS