काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गरेको छ ।
सोमबार आयोगले उनीमाथि लगाइएको बन्देज फुकुवाको गरेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिएका छन् ।
आयोगले घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक र अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछ लगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै फुकुवा गरिएको उल्लेख गरेको छ ।
ओलीलाई आयोगले आइतबार बयानको पत्र काटेकोमा पत्र लिएर आफ्नो निवास गुण्डु गएको आयोगको टोलीलाई उनले लिखित बयान पठाएका थिए ।
FACEBOOK COMMENTS