काठमाडौं । पोखराबाट सञ्चालन भइरहेको फेवा टेलिभिजनका अध्यक्ष लिला जीसीलाई मातृशोक परेको छ ।
उनकी आमा कृष्णदेवी जीसीको गत शनिबार निधन भएको हो । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर निवासी कृष्णदेवीको ७२ वर्षको उमेरका यही चैत २३ गते पोखरामा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।
स्वर्गीय कृष्णदेवीकी श्रीमान् धनबहादुर जीसी, चार छोरा र चार जना छोरी छन् ।
फेवा टेलिभिजनका संस्थापक सदस्य हुँदै अध्यक्ष रहेका लिला जीसी अर्घाखाँची–पोखरा सम्पर्क समाजका सल्लाहकार र नमस्ते पार्टी प्यालेसका संस्थापक तथा सीईओसमेत हुन् ।
FACEBOOK COMMENTS