काठमाडौं । सहकारी ठगी आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सहकारीका सञ्चालक एवं ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राई लगायत विरूद्ध जाहेरी दिएका कृष्णप्रसाद जैसी पक्राउ परेका छन् ।
उनी पोखराको धनुष बचत तथा ऋण सहकारी ठगीको आरोपमा पक्राउ परेका हुन्। धनुष सहकारीको ऋण उपसमितिमा बसेर कृष्णप्रसादले कृत्रिम खातामार्फत ८२ लाख रूपैयाँ हिनामिनामा संलग्न रहेको छानबिन प्रतिवेदनमा उल्लेख छ । सहकारी ठगीमा संलग्न अन्य चार जनालाई पक्राउ पुर्जी जारी भएको छ।
सहकारी ठगीमा पक्राउ परेका जैसीले पोखराकै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा आफ्नो बचत रकम हिनामिना भएको भन्दै पीडितका तर्फबाट जाहेरी दिएका थिए ।
FACEBOOK COMMENTS