काठमाडौं । ‘सेक्सुअल ह्यारेसमेन्ट’को आरोप लागेका इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष एवम् लोक तथा दोहोरीमा आधारित अत्यन्तै लोकप्रिय टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक लोकगायक कृष्ण प्रसाद कँडेलले गायिका शर्मिला श्रेष्ठविरुद्ध उजुरी दिएका छन् ।
आफूमाथि ‘सेक्सुअल ह्यारेसमेन्ट’ भएको र अकारण इन्द्रेणीबाट निकालिएको भनी आरोप लगाउने शर्मिलासहितलाई प्रतिवादी बनाएर कँडेलले हिजो शुक्रबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।
पहिले इन्द्रेणीमा काम गर्ने शर्मिलासहितका ६ जना कलाकारले फेसबुक लाइभ र पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको आरोप लगाएका थिए । यस क्रममा शर्मिलाले इन्द्रेणी सञ्चालक कँडेलले ‘यौन दुर्व्यवहार’ गरेको गम्भीर आरोपसमेत लगाएकी थिइन् ।
यस विषयमा कँडेलले शुक्रबार पत्रकार सम्मेलन गरी खण्डन पनि गरिसकेका छन् । उनले पत्रकार सम्मेलनमार्फत नै कानुनी उपचारको खोजी गरिने सङ्केत गरेका थिए ।
खासगरी कलाकार शर्मिला श्रेष्ठले आफूमाथि लगाएको यौन दुर्व्यवहार ‘सेक्सुअल ह्यारेसमेन्ट’को आरोपमाथि आक्रोशित हुँदै उनले हिजो पत्रकार सम्मेलनमा भनेका थिए, ‘ह्यारेसमेन्ट भएको तीन वर्षसम्म केही नबोल्ने र अहिले बोल्नुको अर्थ के हो ? शर्मिला बहिनीले ममाथि तीन वर्षअगाडि ह्यारेस्मेन्ट गरेको आरोप लगाउनु भएको छ । त्यस्तो हो भने यो तीन वर्ष के हेरेर बस्नु भयो किन बोल्नुभएन ?’
शर्मिलालाई कृष्ण कँडेलको प्रश्न– ह्यारेसमेन्ट भएकै समयमा किन बोल्नुभएन ? (भिडिओ)
आफूमाथि गम्भीर आरोपहरू लागेपछि इन्द्रेणी सञ्चालक कृष्ण कँडेलले दिए यस्तो स्पष्टीकरण
FACEBOOK COMMENTS