काठमाडाैँ । आ.ब. ०७६\०७७ देखि आ.ब. ०८०\८१ सम्म विगत ५ वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट जम्मा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रकम अनुदान प्रवाहबाट करिब १ करोड ९६ लाख कृषकहरु लाभान्वित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको पाँच वर्षको तथ्यांकमा पाँचवर्षमै यति ठुलो रकम अनुदानको रुपमा बाहिरिएको हो ।
आ.ब. ०७६\७७ देखि आ.ब. ०७९\८० सम्म अनुदानको रकम क्रमश वृद्धि हुँदै गएको तर आ.ब. ०८०\८१ मा आ.ब. ०७९\८० भन्दा अनुदान रकम घटेको देखिन्छ। आ.ब. ०७८\७९ मा अनुदानको रकम रु. १९ अर्व ३४ करोड रहेकोमा विशेष गरी रासायनिक मलमा करिब २ गुणाले अनुदान वृद्धि हुनाले आ.व. ७९\८० मा जम्मा अनुदान रकम रु. ३६ अर्ब २ करोड पुगेको देखिन्छ भने आ.ब. ०८०\८१ मा घटेर करिब २९ अर्ब ३४ लाख मात्र रहेको देखिन्छ।
विवरण अनुसार मन्त्रालयबाट वितरण हुने अनुदानमा रासायनिक मल तर्फ नै बढि अनुदान प्रवाह भएको देखिन्छ। आ.ब. ०७६\७७ देखि आ.ब. ०८०\८१ सम्म विगत ५ वर्षमा नेपाल सरकार तर्फको स्रोतबाट वितरित अनुदानमा उखु कृषकहरुलाई प्रोत्साहन अनुदान वितरण कार्यक्रममा रु. ४ अर्ब ७ करोड २४ लाख २० हजार, कृषि, पशुपन्छी तथा मत्स्य बीमा तर्फ रु. ५ अर्ब ६४ करोड २९ लाख ४८ हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु. ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार र रासानिक मलमा अनुदानका लागि रु. ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार गरी जम्मा रु. १ खर्ब ३ अर्ब ६९ करोड ४६ लाख रकम अनुदान प्रवाहवाट जम्मा १ करोड ९४ लाख ८९ हजार २ सय ४१ जना कृषक लाभान्वित भएको मन्त्रालले जनाएको छ ।
मन्त्रालयले जारी गरेको रकममा विभिन्न ११ वटा शिर्षकमा अनुदान रकम प्रवाह भएको छ । जसमा उखु कृषिकहरुलाई प्रोत्साहन अनुदान वितरण, कृषि बीमा, पशुपन्छी तथा मस्त्य बीमा, रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई, प्रधानमन्त्री कृषि आधुनिक परियोजना, कृषि क्षेत्रको विकास कार्यक्रम, नेपाल लाइभस्टक ईनोेभेसन आयोजना, ग्रामीण उद्याम तथा आर्थिक ,विकास आयोजना, खाद्य पोषण सुरक्षा सुधार, अनुदाति रासायनिक मल वितरण, अनुदानित रासायनिक मल वितरणमा गरी राज्य कोषबाट अनुदानमा बापत बाहिरिएको छ । त्यस्तै, व्यवसायी कृषि तथा ब्यापार आयोजना (प्याट) को आयोजनामा अवधिभर ( सन् २०११ देखि २०१६ सम्म) १२ सय २३ उपआयोजनाहरुको लागि आयोजन मार्फत कृषि तथा पशुपन्छी क्षेत्रको ब्यवसायीकरणका लागि २ अर्ब १० करोड २६ लाख बराबरको अनुदान रकम प्रवाह भएको छ ।
विगत ५ वर्षमा रासायनिक मल, बाली तथा पशुधन बिमा, उखु उत्पादनमा प्रोत्सहान अनुदान, साना सिंचाई, बजार पुर्वाधार, कृषि औजार उपकरण, बीउ उत्पादन, उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषि तथा पशुपन्छी क्षेत्रको प्रवर्द्धन गर्न ठूलो रकम अनुदान प्रवाह भएको देखिन्छ तथापि अपेक्षकृत उपलब्धी भने हुन सकेको देखिदैन ।
FACEBOOK COMMENTS