काठमाडौं । समृद्धि फाइनान्सले फाल्गुण १८ गते शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम जनकपुर र इटहरी शाखाको पा्रङगणमा सम्मन्न गरिएको थियो । आजबाट सुरु गरिएको रक्तदान कार्यक्रम विभिन्न मितिहरुमा बाँकि शाखाबाट पनि आयोजना गर्ने तालिका रहेको संस्थाका संचालन विभाग प्रमुख चुडामणी खनालले जानकारी दिएका छन् ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS