काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित महानगरका निर्देशक रबीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।
अख्तियारले ढल निर्माण कार्यको ठेक्कामा ४ करोड ३१ लाख ७२ हजार नोक्सानी पुर्याएको भन्दै सोहि बराबर बिगो तोकेर मुद्धा दायर भएको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS