काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गमा ४ जना इञ्जिनियरको आवेदन माग गरेको छ ।
जंगी अड्डाले करार सेवामा विभिन्न पदका लागि ४ जना इञ्जिनियरको आवेदन माग गरेको हो । द्रुतमार्गका लागि चाहिने हाइवे इञ्जिनियर, पुल डिजाइन इञ्जिनियर र टनेल इञ्जिनियर माग गरेको छ । आयोजनाका लागि १ जना इञ्जिनियर माग गरेको छ । यो पदका लागि हाइवे ट्रान्सपोर्टेसन इन्जिनियरिङमा मास्टर गरेकाले मात्रै आवेदन गर्न पाउनेछन् ।
यस्तै, कम्तिमा ७ वर्ष काम गरेको अनुभव समेत आवश्यक पर्ने बताइएको छ ।
यस्तै, आयोजनाले २ जना पुल डिजाइन इञ्जिनियर माग गरेको छ । पुल डिजाइन इञ्जिनियरमा मार्टस गरेको इच्छुक व्यक्तिले आवेदन गर्न सक्ने जंगीअड्डाले बताएको छ । आवेदकसँग कम्तिमा १० वर्ष व्यावसायिक अनुभव आवश्यक पर्नेछ भने ५ वर्ष रोडरहाइवेरएक्सप्रेस वे प्रोजेक्टमा काम गरेको अनुभव समेत चाहिन्छ ।
यस्तै, आयोजनाका लागि १ जना टनेल इञ्जिनियर समेत माग गरिएको छ । १० वर्षको व्यावसायिक अनुभव भएको व्यक्तिले आवेदन गर्न सक्ने छन् । यसका लागि कम्तिमा हाइड्रोपावर टनेल पुरा गरेको अनुभव चाहिन्छ भने ३ वर्षसम्म टनेलमा काम गरेको अनुभव चाहिने बताइएको छ ।
FACEBOOK COMMENTS