काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ७ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ ।
सो पार्टीका उम्मेदवार गणेश पराजुलीले ३७५ मतसहित अग्रस्थान बनाएका हुन् ।
पराजुलीलाई एमाले उम्मेदवार श्याम घिमिरेले पछ्याइरहेका छन् । उनले २०६ मत ल्याएका छन् । सुरुवाती गणनामा चौंथो स्थानमा रहेकी माओवादी केन्द्रकी मानुषी यमी अहिले तेस्रोमा उक्लिएकी छन् ।
उनको २९० मत छ । यसैगरि, स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थको १४२ मत छ भने राप्रपाका उम्मेदवारले ८४ मत पाएका छन् । अहिलेसम्म १५४३ मत गणना हुँदा ४४ मत बदर भएको छ ।
FACEBOOK COMMENTS