काठमाडौं । सरकारले आगामी २ महिनासम्म विभिन्न तीन ठाँउमा मात्रै प्रदर्शन गर्न दिने भएको छ ।
काठमाडौंको सिफल, कोटेश्वर र बल्खु बाहेकमा मात्रै विरोध, प्रदर्शन गर्न मिल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार सूचना जारी गर्दै सिफल, कोटेश्वर र बल्खु क्षेत्रमा मात्रै विरोधका कार्यक्रम गर्न भनेको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तीन स्थानभन्दा बाहेक अन्यत्र विरोधको कार्यक्रम नगर्न आदेश जारी गरेका छन् ।
सिफल चौर, कोटेश्वरबाट बालकुमारी र बल्खु क्षेत्रबाहेक अन्यत्र दुई महिनासम्म धर्ना, घेराउ, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा जनमानसमा त्रास, अवरोध वा अशान्ति फैलाउने खालका कार्यक्रम गर्न रोक लगाइएको जिल्ला प्रशासनले जनाएको छ । सार्वजनिक सेवामा अवरोध उत्पन्न हुने, सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने तथा सामाजिक सद्भावमा असर पार्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको प्रशासनले जनाएको छ ।
FACEBOOK COMMENTS