काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो नगर क्षेत्रबाट क्रिसमस–ट्रीका सजावटहरू हटाएको छ ।
नगर क्षेत्रभित्र रहेका भाटभटेनीलगायत विभिन्न सपिङ मलहरूमा गरिएका क्रिसमस–ट्रीका सजावटहरू हटाइएको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले जानकारी दिएको छ ।
प्लास्टिकका विभिन्न फूल, माला तथा अन्य सजावटका सामानहरू किनबेचमा प्रतिबन्ध लगाइएको भन्दै महानगरले त्यस्ता सजावट हटाएको बताएको छ । प्लास्टिकजन्य सजावटको सामानहरू बिक्रीवितरण गरेको पाइए जफत र जरिवाना समेत गरिने चेतावनी समेत महानगरले दिएको छ ।
यस्तै, महानगरले काठमाडौं महानगरपालिका–१४ कलंकीमा कर्मचारी आवश्यकताको पर्चा बाँडिरहेका सन्देश आलेमगरलाई पाँच हजार रुपैयाँ जरिवाना तिराएको छ ।
त्यस्ता पर्चा बाँडेर मानिसहरूलाई ठगी गर्ने र सडकमा पर्चा फालेर फोहोर गरिने हुँदा उनलाई कारबाही गरिएको महानगरले जनाएको छ ।
FACEBOOK COMMENTS