![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नगर सभा बैठक नेकपा एमाले र नेपाली कांग्रेसले रोकेको आरोप लगाएका छन् ।
आज बस्ने नगर सभा बैठक रोकिनुको कारणबारे सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘एमाले काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नुभयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरुभन्दा काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।’
FACEBOOK COMMENTS