काठमाडौं । देशको संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाभित्र रहेका पेट्रोल पम्पहरूमा एकै प्रकारको रङ लगाइने भएको छ ।
आज बिहीबार काठमाडौं महानगरपालिकाको समन्वयमा सरोकारवाला संघसंस्था तथा निकायहरूको प्रतिनिधिहरू सम्मिलित समितिको पदाधिकारीहरूको बैठकले पेट्रोल पम्पहरूको पहिचानतथा एकरूपताका लागि पहेँलो रङ लगाउने निर्णय गरेको हो ।
विपद् व्यवस्थापन विभागको सभाहलमा आयोजित बैठकले तीनवटा एजेण्डामा छलफल गरी ६ बुँदे निर्णय गरेको हो ।
FACEBOOK COMMENTS