काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले गरे पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गरेसंगै ऊर्जा मन्त्री घिसिङले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका हुन ।
शपथ ग्रहणपश्चात त्रिवि शिक्षण अस्पतालमा आन्दोलनका मृतकका आफन्तलाई भेटेर मात्रै मन्त्री घिसिङ सिंहदरबार आएका थिए ।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतभेदपछि उनलाई विद्युत प्राधिकरणबाट हटाइएको थियो। प्राधिकरणमा अहिले हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक छन ।
FACEBOOK COMMENTS