काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरेको बताएका छन् ।
आज बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रीहरूको तर्फबाट सबैले आ–आफ्नो सम्पत्ति विवरण क्याविनेटमा बुझाइसकेको जानकारी दिँदै सार्वजनिक नगरिनुमा मन्त्रिपरिषदको कार्यालय जिम्मेवार हुने बताएका हुन् ।
‘हामीले कर्मचारीको हैसियतले विगत ३० वर्षदेखि हरेक वर्ष सम्पत्ति विवरण बुझाउँदै आएका छौँ,’ मन्त्री घिसिङले भने, ‘मन्त्री भएको दुई/तीन महिनाभित्र क्याबिनेटमा पेस गर्नुपर्ने विषयमा समयभित्रै सबैले पेस गर्नुभएको छ । त्यसलाई सार्वजनिक गर्ने विषय उहाँहरू प्रधानमन्त्रीको कार्यालयको हो, उहाँहरूले गर्नुहोला ।’
यस्तै, उनले वर्तमान सरकार सुशासन र पारदर्शीतामा विश्वास गर्ने भएकाले सुशासनको विषयलाई कठोरताका साथ लागू गरिने दोहोर्याए । ‘सुशासनको विषय कठोरताका साथ लागू गर्नुपर्छ । जुन आन्दोलनबाट हामी आएका छौँ, त्यसको मर्मका लागि पनि सुशासनको मामिलामा कसैसँग सम्झौता गर्न यो सरकारले सक्दैन । अहिलेसम्म कम्प्रमाइज गरेका छैनौँ ।’
यो पनि पढ्नुहोस्–

मन्त्री कुलमानको १०० दिनमा १०१ काम (सूची सहित)

FACEBOOK COMMENTS