काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौबुँदे स्पष्टीकरण स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले मागेको विवरण पेस नगरेको, उपलब्ध गराएको विवरण गोलमटोल रहेको लगायतका कारण देखाउँदै सचिव सुरेश आचार्यले स्पष्टिकरण सोधेको बताइएको छ । स्पष्टीकरणको जवाफा सात दिन भित्र बुझाउनु पर्ने छ । अन्यथा कानुनबमोजिम थप प्रक्रिया अगाडि बढाइने पत्रमा उल्लेख छ ।
घिसिङलाई सोधिएको स्पष्टीकरणमा मन्त्रीपरिषद्का निर्णय अवज्ञा गरेको, डेडिकेटेड फिडरको विवादमा मन्त्रालयले गठन गरेको प्राविधिक समितिलाई असहयोग गरेको, सञ्चालक समितिको माइन्युटमा नोट अफ डिसेन्ट लेखेको लगायत विषय उल्लेख छन् ।
FACEBOOK COMMENTS