काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विभिन्न विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा विरोध जनाएका छन्।
बुधबारको बैठक सुरू हुनासाथ माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी लगायतका विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका हुन ।
सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय प्रदान गरेका थिए। बस्नेतले घिसिङलाई हटाउने सरकारी निर्णयको विरोध गर्दै आफ्नो धारणा राखेका छन्।