काठमाडौ । जेनजी सरकारका मन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् ।
घिसिङले अहिले ९ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् ।
उनले अहिले जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
नागरिक सरकारमा बसेर दलमा आवद्ध भएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीले समेत राजीनामा दिन भनिसकेको अवस्थामा पदमा बसिरहेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।
मंगलबार एक कार्यक्रममा उनले आफु अहिलेसम्म कुनै दलमा आवद्ध नरहेको बताएपछि उनको आलोचना अझ बढेको थियो ।

प्रधानमन्त्री कार्कीले दलको गतिविधिमा संलग्न भएको भन्दै कुलमानसहित सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्तालाई राजीनामा दिन भनेकी थिइन् ।

FACEBOOK COMMENTS