विराटनगर । कुलमान घिसिङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उम्मेदवार डकेन्द्रसिंह थेगिमसहित तीन जनाले पार्टी छोडेका छन् ।
राजीनामा दिनेहरूमा पहिचानवादी नेता थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् । तीनै जना पार्टीको केन्द्रीय सदस्य हुन् ।
तीन जनाले संयुक्त विज्ञप्ति जारी गर्दै उज्यालो नेपाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् ।
उनीहरूले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर रहेको, विधि प्रक्रियाको अस्पष्टता तथा पहिचानको एजेण्डामा स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसेका कारण पार्टी छोडेको बताएका छन् ।
कुलमानले पार्टी गठन गर्नुअघि थेगिम प्रदेश नम्बर १ पुन नामकरण संयुक्त संघर्ष समितिको संयोजक थिए । गुरुङ र अमर इजम नागरिक उन्मुक्ति पार्टीमा थिए ।

उज्यालो नेपाल र परिवर्तन पार्टीवीच एकतापछि डकेन्द्रसिंह थेगिमको नाम आदिबासी जनजाति क्लष्टरको तेस्रो नम्बरको समानुपातिक उम्मेदवार थिए ।

डकेन्द्रसिंह थेगिम गत उपनिर्वाचनमा इलामबाट प्रत्यक्ष उम्मेदवार बनेर करिब १२ हजार मत ल्याएका थिए । पुर्वका यी पहिचानबादी नेताहरुले पार्टी छोडेपछि कुलमानलाई चुनावको मुखमै ठुलो धक्का लागेको छ ।

यसअघि रास्वपामा एकता हुँदा समानुपातिकमा परेका रीमा विश्वकर्मा लगायतले पनि कुलमानको साथ छोडिसकेका छन् ।

FACEBOOK COMMENTS