काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले बिजुलीको फर्जी बिल जारी नभउको दाबी गरेका छन् ।
डेडिकेटेड र ट्रंक लाइनका सम्बन्धमा फर्जी बिल काटेको भन्दै आलोचना भइरहेका बेला घिसिङले यस्तो दाबी गरे ।
उनले भने, ‘प्राधिकरणसँग एम्पावर, लकबुक र टीओडी मिटर तीनवटै तथ्यांक सुरक्षित छन् । खपत नै नगरेको बिजुलीको बिल पठायो भनेर जुन आरोप लगाइएको छ, त्यो गलत हो ।’
बिलिङ सफ्टवेरमा टीवान, टीटु र टीथ्री हरेक बिलको प्रमाण प्राधिकरणसँग सुरक्षित भएको उनको भनाइ छ ।
घिसिङले उद्योगी साथीहरुले जति युनिटको सामान्य दर तिर्नुभएको छ, मैले त्यसैमा प्रिमियम लगाएको बताए ।
उनले फर्जी बिल नभएको दाबी गर्दै पुन भने, ‘लाइन नै नभएको बेलाको पैसा लगायो भन्ने छ । तर लाइन नै थियो कि थिएन भन्ने त हामीलाई थाहा नै छ । हाम्रो मिटरमा छदैँ छ । उहाँहरुले खोजनु भएको लाइन थियो कि थिएन भन्ने खोजनु भएको हो । २० घण्टा हैन १५ घण्टा चलाएपनि पैसा तिर्न लगाउनु पर्छ ।’
उनले विद्युत खपत गरेको मिटरमा तथ्याङक छ त्यहीँ अनुसार बिलिङ गरेको बताए ।
FACEBOOK COMMENTS