काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे अलग्गै छलफल गरेका छन् ।
बिहीबार बिहान उनले कुलमानसँग छलफल गरेको उच्च स्रोतले बतायो । छलफलका क्रममा चुनावमा सहकार्य गरेर जानेबारेमा सकारात्मक कुराकानी भएको बताइएको छ ।
सोही छलफलपछि बालेनले ललितपुरमा रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, जेनजी अभियन्ता सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा लगायत छलफलमा गर्दछन् । त्यसका लागि नेताहरु बालेनका सहयोगी कुमार बेनको ज्वागलस्थित घरमा पुगिसकेका छन् ।
FACEBOOK COMMENTS