काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले दसैँमा घर जाने यात्रु र घर पुर्याइदिने सवारी चालकलाई महत्वपूर्ण सुझाव दिएका छन् ।
आज बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यात्रु र सवारी चालकलाई छुट्टाछुट्टै सुझाव दिएका हुन् ।
‘सम्पूर्ण चालक तथा यात्रुहरूमा विशेष अनुरोध’ भन्दै उनले लेखेका छन्, ‘तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो । त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस् ।’
उनले दिएका सुझाव यस्ता छन्–
सम्पूर्ण चालक तथा यात्रुहरूमा विशेष अनुरोध :
‘तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो ।” त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस् ।
चालक साथीहरूलाई अनुरोध:
– गति नियन्त्रणमा राख्नुहोस्,
–मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुहोस्,
–विश्राम लिएर मात्र लामो यात्रामा निस्कनुहोस्,
यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्याउनुहोस् ।यात्रु दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध:
–क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपारौं,
–चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौं,
–यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔं ।
–यस दसैँमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो ।
सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुसी हो, र परिवारको खुशी नै हाम्रो राष्ट्रको शक्ति हो । यहाँहरु सम्पूर्णलाई दशैको हार्दिक शुभकामना ।
FACEBOOK COMMENTS